• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरले भोलिदेखि रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने

काठमाडौं महानगरले भोलिदेखि रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने


  • 3.1K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    काठमाडौं महानगरले भोलिदेखि रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने

    काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए । 

    images

    उनले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताए । त्यसका लागि कार्यदल गठन गरिएको छ । उनका अनुसार यात्रुहरू बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने छ । 

    महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । 


    तेस्रो आँखा