• ट्रेण्डिङ्ग :
जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जसपाले बोलायो केन्द्रीय समितिको बैठक


  • 1.8K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 2.8K Views

    जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं, ३२ जेठ । जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    images

    विधान अधिवेशनको तयारी गर्न आगामी असार ९ गतेका लागि बैठक बोलाइएको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

    बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएको सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ । केन्द्रीय समिति सदस्यहरूलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले असार १० देखि १२ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र संगठनबाट गरी ७७८ प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदै छन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरू रहेका छन् ।

    केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् । 


    तेस्रो आँखा