• ट्रेण्डिङ्ग :
अनिवार्य अवकाशको तीन दिनअघि निजामतीको शीर्ष पदमा पुगे अर्याल

अनिवार्य अवकाशको तीन दिनअघि निजामतीको शीर्ष पदमा पुगे अर्याल


  • 2.3K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    अनिवार्य अवकाशको तीन दिनअघि निजामतीको शीर्ष पदमा पुगे अर्याल

    काठमाडौं, ३२ जेठ । सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

    images

    अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । मुख्य सचिवमा बढुवा नभएका भए अर्यालले आउँदो असार ३ गते अनिवार्य अवकाश पाउने थिए ।

    अर्याललाई प्रशासनवृत्तमा सक्षम प्रशासकका रूपमा चिनिन्छ । उनी अर्थ मामिलाका जानकार व्यक्ति हुन् ।

    शंकरदास बैरागीको तीनवर्षे कार्यकाल बाँकी हुँदै अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । बैरागीलाई भने पदबाट राजीनामा दिन लगाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाउने निर्णय गरिएको मन्त्री साउदले बताए । बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजमा सकिँदै थियो ।

    अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । मुख्य सचिवमा बढुवा नभएका भए अर्यालले आउँदो असार ३ गते अनिवार्य अवकाश पाउने थिए ।


    तेस्रो आँखा