• ट्रेण्डिङ्ग :
देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड

देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड


  • 3.6K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् । भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images

    प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरू बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरे । 

    उनले भने, “नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो ।”

    प्रधानमन्त्रीले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए ।  

    प्रधानमन्त्री प्रचण्डले भने, “मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्यसहित यस्ता पर्वहरू मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ । प्रकृतिको पूजा एउटा समुदायमा मात्रको सीमित छैन । प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ ।” 


    तेस्रो आँखा