• ट्रेण्डिङ्ग :
गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट


  • 3.3K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

    पोखरा, १ असार । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् । यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ । 

    images


    तेस्रो आँखा