• ट्रेण्डिङ्ग :
जनविरोधी बजेट आयो : रावल

जनविरोधी बजेट आयो : रावल


  • 3.2K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    जनविरोधी बजेट आयो : रावल

    धनगढी, १ असार । सुदूरपश्चिमको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेट जनविरोधी रहेको टिप्पणी गरेको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आव २०८०/०८१ को प्रस्तुत गरेको बजेटमाथि प्रक्रिया दिँदै नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सो कुरा बताएका हुन् ।उनले भने, ‘यो बजेट कर्मकाण्डी छ । यसले संसद विकास कोषलाई ब्यूँताउने काम गरेको छ । जुन जनविरोधी छ । ग्रामीण क्षेत्रको शिक्षामा लगानी बढाउनुपर्ने ठाउँमा संविधान विरोध बजेट आएको छ । उनले बजेट कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे ।

    images


    तेस्रो आँखा