• ट्रेण्डिङ्ग :
बलात्कार आरोपित उपप्राध्यापक पुर्पक्षका लागि थुनामा

बलात्कार आरोपित उपप्राध्यापक पुर्पक्षका लागि थुनामा


  • 5.1K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    बलात्कार आरोपित उपप्राध्यापक पुर्पक्षका लागि थुनामा

    दाङ, १ असार । बलात्कार अभियोगमा दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक ५५ वर्षीय शेषमणि गौतम पुर्पक्षका लागि कारागार चलान भएका छन्। जागिरको प्रलोभन देखाएर एक जना २२ वर्षीया छात्रालाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा जेठ पहिलो साता पक्राउ परेका पूर्वक्याम्पस प्रमुखसमेत रहेका शर्मालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

    images

    दाङभन्दा बाहिर घर भएकी ती छात्रा विगत केही वर्षयता देउखुरीकै एक प्राविधिक कलेजमा अध्ययन गर्दै आएकी थिइन्। शर्माको घर नजिकै लमही नगरपालिका वडा नं. – ५ रातोडाँडामा कोठा भाडामा बस्दै आएकी ती छात्रालाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका शर्माले आफ्नी श्रीमती नभएको समयमा दिउँसो आफ्नो घरमा बोलाई बलात्कार गरेको किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए।


    तेस्रो आँखा