• ट्रेण्डिङ्ग :
रवि लामिछानेको आग्रह– असार ७ मा देशैभर घण्टी बजाउनु

रवि लामिछानेको आग्रह– असार ७ मा देशैभर घण्टी बजाउनु


  • 3.2K
    SHARES
    • आषाढ २, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    रवि लामिछानेको आग्रह– असार ७ मा देशैभर घण्टी बजाउनु

    काठमाडौं २ असार/
    आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ ।

    images

    आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन  पार्टीका सभापति रवि लामिछानेले आव्हान गरेका हुन् । यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न उनले आग्रह गरे । ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, शनिबार एक भिडियो सन्देशमा लामिछानले भने ।

    गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो । घण्टी रास्वपाको चुनाव चिन्ह हो ।

    मंसिर २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो । २०८० सालमा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ ।


    तेस्रो आँखा