• ट्रेण्डिङ्ग :
आईसीसी विश्वकप छनोटमा आज नेपाल र जिम्बावेको खेल

आईसीसी विश्वकप छनोटमा आज नेपाल र जिम्बावेको खेल


  • 3.7K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    आईसीसी विश्वकप छनोटमा आज नेपाल र जिम्बावेको खेल

    काठमाडौं, ०३ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि जिम्बावेमा सुरु हुँदैछ । पहिलो खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।

    images

    आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावेविरुद्ध खेल्न लागेको हो । नेपाली समय अनुसार खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।


    अहिलेसम्म नेपाल र जिम्बावेले एउटा मात्र एक दिवसीय खेल खेलको छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल १६६ रनले पराजित भएको थियो ।

    आजको खेल जितेर सुखद् सुरुवात गर्ने लक्ष्य नेपालको रहेको छ। जिम्बावेलेसमेत घरेलु मैदानमा हुन लागेको विश्वकप छनोटमा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।

    २०१८ मा ओडीआई मान्यता पाएपछि नेपालले ५१ ओडीआई खेलिसकेको छ र पाँच वर्षपछि फेरि जिम्बाब्वेमै विश्वकप छनोट खेल्दैछ ।

    यस पटक अझ ठूला टिमसँग खेल्ने अवसर पाएको नेपालका लागि यो राम्रो अनुभव पनि हुनेछ । नेपालले समूह चरणमा जिम्बाब्वेसहित पूर्वविश्व विजेता वेष्ट इन्डिजसँग पनि पहिलो पटक खेल्दैछ । यस्तै नेदरल्याण्ड्स र अमेरिकासँग पनि समूह चरणमा खेल्नेछ ।

    नेपालले यस पटक सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ ।


    तेस्रो आँखा