• ट्रेण्डिङ्ग :
जिम्बाव्वेविरुद्ध कुशलले १ रनले शतक पूरा गर्न सकेनन्

जिम्बाव्वेविरुद्ध कुशलले १ रनले शतक पूरा गर्न सकेनन्


  • 2.9K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    जिम्बाव्वेविरुद्ध कुशलले १ रनले शतक पूरा गर्न सकेनन्

    काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे ।

    images

    ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

    पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

    यसअघि २०२३ फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।


    तेस्रो आँखा