• ट्रेण्डिङ्ग :
नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य


  • 3.3K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

    काठमाडौं ३ असार /
    विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । यो नेपालले एक दिवसीय क्रिकेटमा बनाएको तेस्रो ठूलो योगफल हो ।  यसअघि नेपालले कीर्तिपुरमा ओमानविरूद्ध ३१० र पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

    images

    जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध ११४ रनको साझेदारी गरेको थियो । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके ।  जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

    अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।

    गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नट आउट रहे ।  जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।


    तेस्रो आँखा