• ट्रेण्डिङ्ग :
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग पराजित

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग पराजित


  • 4.1K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग पराजित

    काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।

    images


    २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो ।  उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले । कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए । वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १(१ विकेट लिए ।

    हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो । 

    जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके ।  जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

    अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।

    गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट रहे । समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।


    तेस्रो आँखा