• ट्रेण्डिङ्ग :
नागरिकता बनाउन कीर्ते कागज बनाएको आरोपमा वडाध्यक्ष र सचिव बिरुद्ध पक्राउ पूर्जी जारी

नागरिकता बनाउन कीर्ते कागज बनाएको आरोपमा वडाध्यक्ष र सचिव बिरुद्ध पक्राउ पूर्जी जारी


  • 3.3K
    SHARES
    • आषाढ ४, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    नागरिकता बनाउन कीर्ते कागज बनाएको आरोपमा  वडाध्यक्ष र सचिव बिरुद्ध पक्राउ पूर्जी जारी

    शिवराज खनाल , दाङ ४ असार / 

    images

    नागरिकता दिलाउन कीर्ते कागज बनाएर सिफारिस गरेकाको आरोपमा दाङको एक वडाको वडाध्यक्ष र वडासचिव बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राजपुर गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टन्क बहादुर बिष्ट र सोही वडाका वडा सचिब सन्तोष भण्डारीबिरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

    इलाका प्रशासन कार्यालय लमहीबाट गत वैशाख  २८ गते विवेक बिकले  नागरिकता पाएका थिए। राजपुर गाउँपालिका ५ का वडाध्यक्ष टंकबहादुर विष्टको सिफारिसका आधारमा प्रशासनले विवेकको नाउमा नागरिकता जारी गरेको थियो । जिल्ला प्रशासन कार्यलय दाङले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि  वडा अध्यक्ष र सचिव सम्पर्कमा छैनन ।

    नागरिकतामा उनको बाबुको नाम ज्ञानबहादुर बिक, आमाको नाम जोगिनी बिक र ठेगाना राजपुर गाउँपालिका वडा नम्बर ५ उल्लेख थियो । तर, एक महिना नबित्दै विवेक ज्ञानबहादुर र जोगिनीको छोरा नभएको सूचना पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

    अनुसन्धानकै क्रममा  विवेक  ज्ञानबहादुर र जोगिनीको नाति रहेको खुल्यो । विवेक,  ज्ञानबहादुर र जोगिनीका छोरी शोभाका छोरा रहेछन् । इलाका प्रशासन कार्यालय लमहीले जेठ २६ गते ज्ञानबहादुर र जोगिनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । एसपी बिरबहादुर वलिका अनुसार मुद्दा परेपछि विवेक र उनका हजुरबुवा पक्राउ परेका थिए । हजुरआमा जोगिनी  जेठ ३२ गते पक्राउ परेकी थिइन् ।

    साक्षी बसेर झुटो बयान दिएर बिबेकलाई नागरिकता दिलाउन भूमिका खेल्ने मध्यका राजपुर – ५ का साबित्राकुमारी बिक, गौसरी बोहोरा, दुधीमाया घर्ती, रमेश घर्ती, मनकुमारी घर्तीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरेको एसपी वलिले जानकारी दिए ।

    पक्राउ पूर्जी जारी भएपछि उनीहरु दुबै जना फरार भएको एसपी वलिले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ । वडा अध्यक्ष बिष्ट एमालेबाट निर्बाचित जनप्रतिनिधि हुन ।


    तेस्रो आँखा