घोराही ५ असार /
नेकपा एमालेका सचिव पद्मा अर्यालले सरकार वैदेशिक हस्तक्षप प्रति मुख दर्शक बनेको बताएकी छिन् । नेकपा एमाले दाङको वैठकलाई मंगलबार घोराहीमा सम्बोधन गर्दै सचिव अर्यालले भारतले जारी गरेको लुम्बिनी सहितको नक्साका विषयमा भ्रमणका बेला प्रधानमन्त्री मौन रहनु संकास्पद रहेको बताइन ।
रा्ष्टियताको रक्षक एमाले मात्रै रहेको भन्दै प्रदेश ईञ्चार्ज समेत रहेकी अर्यालले जनताका समस्या उठान र समाधानमा अगसरता लिन नेता कार्यक्रतालाई आग्रह गरिन् । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षतामा भएको वैठकमा वोल्ने अन्य एमाले नेताहरुले समाजवादि मौर्चा सत्ता लम्ब्याउने खेल मात्र रहेको बताएका थिए ।
उपाध्यक्ष राममणी पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको वैठकले मिशन ग्रासरुटको कार्य प्रगति, केन्द्र र प्रदेश कमिटिको अपानि प्रस्तुत र नेताहरुको कार्य विभाजन गरेको जिल्ला सचिवालय सदस्य भिमकान्त बस्याल संगीतल जानकारी दिए । वैठकमा पोलिट्ब्युरो सदस्य शान्ता चौधरी ,केन्द्रिय सदस्य एवम् दाङ ईञ्चार्ज चेतनारायण आचार्य , केन्द्रिय सदस्य भागवत विश्वासी , अनुसासन आयोयका सदस्य छविलाल वलि लगायतले बोलेका थिए । वैठकको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।
