• ट्रेण्डिङ्ग :
आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने

आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने


  • 3.3K
    SHARES
    • आषाढ ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने

    दाङ ७ असार /
    आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने भएको छ । नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो १२ स् ४५ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । वेस्टइन्डिज नेपालले प्रतिस्पर्धा गर्ने इतिहासकै सबैभन्दा ठूलो स्तरको टोली समेत हो ।

    images

    एकदिवसीय विश्वकप वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले जितेका छन् । यी विश्वकप विजेता मध्य वेस्टइन्डिजसँग नेपालले खेल्न लागेको हो । अन्य टोलीसँग हालसम्म खेलेको छैन ।

    आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्दैछ । वेस्टइन्डिजले विश्वकप सन् १९७५/१९७९ मा जितेको थियो । टि२० विश्वकप भने वेस्टइन्डिजले २०१२/२०१६ मा जितेको थियो ।

    नेपालले आइतबार पहिलो पटक टेस्टराष्ट्र जिम्बावेसँग खेलेको थियो। जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भयो । नेपाल टि२० मा भने आयरल्यान्ड, बंगलादेश, अफगानिस्तान र जिम्बावेसँग खेलिसकेको छ । ओडिआई वरियतामा वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा छन् । त्यस्तै टि२० आई वरियतामा नेपाल १७ औं र वेस्टइन्डिज ७ औं स्थानमा छन् ।

    पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ । वेष्टइन्डिजलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुन्छ । वेष्टइन्डिजले पनि अमेरिकालाई पराजित गरेको छ । नेपालले अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड पनि जिम्बावेसँग पराजित भएको छ ।


    तेस्रो आँखा