• ट्रेण्डिङ्ग :
रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदै

रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदै


  • 2.7K
    SHARES
    • आषाढ ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदै

    काठमाडौं ७ असार /
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । गत वर्ष असार ७ गते औपचारिक घोषणा गरिएको रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउने भएको हो ।

    images

    सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ ।

    उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । साँझ देशभर घण्टी बजाउने निर्णय गरेको छ ।


    तेस्रो आँखा