• ट्रेण्डिङ्ग :
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


  • 2.4K
    SHARES
    • आषाढ ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौं ७ असार /
    जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुनेछ । बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ‘आगामी विधान अधिवेशनको तयारीको सन्दर्भमा बैठक बस्न लागेको हो,’ बस्नेतले भने ।

    images

    विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागी हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् । केन्द्रीय सदस्यहरु विधान अधिवेशन आयोजक भएकाले उनीहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

    विधान अधिवेशन सुरु हुनुभन्दा एक दिन अगाडि ९असार ९ गते० जसपाले राजनीतिक समिति र केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकका कार्यसूची आजको कार्यकारिणी समितिको बैठकले तय गर्ने प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले जसपा समाजवादी मोर्चामा सहभागी भएको विषयमा नेताहरुलाई ब्रिफिङसमेत गर्ने बताइएको छ ।

    जसपाले विधान अधिवेशन र समसामयिक राजनीतिक परिस्थितिका विषयमा जानकारी दिन आजै पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । पत्रकार सम्मेलन बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । पत्रकार सम्मेलन सकिएलगत्तै केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने छ ।


    तेस्रो आँखा