• ट्रेण्डिङ्ग :
एक सातामा बाढी पहिरोमा परी १३ जनाको मृत्यु, २६ बेपत्ता

एक सातामा बाढी पहिरोमा परी १३ जनाको मृत्यु, २६ बेपत्ता


  • 2.7K
    SHARES
    • आषाढ ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    एक सातामा बाढी पहिरोमा परी १३ जनाको मृत्यु, २६ बेपत्ता

    काठमाडौं, ७ असार । बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।

    images

    बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।

    उनका अनुसार एक साताको बिचमा ताप्लेजुङ, कास्की, भोजपुर, गोरखा, नुवाकोट र तनहुँमा मानवीय क्षति भएको छ । संखुवासभामा २० जना तथा ताप्लेजुङ र पोखरामा ३÷३ जना बेपत्ता छन् ।

    एक साताको बिचमा बाढी र पहिरोमा परी ८ जना घाइते भएका र ४१ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी पनि उनले दिए ।

    सम्भावित बाढी पहिरोलाई ख्याल गरेर सरकारले पूर्व तयारी गरेको पनि उनले बताए ।


    तेस्रो आँखा