• ट्रेण्डिङ्ग :
विश्वकप छनौट : वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने

विश्वकप छनौट : वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने


  • 3.1K
    SHARES
    • आषाढ ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    विश्वकप छनौट : वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने

    काठमाडौं, ७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बलियो विपक्षी वेष्ट इण्डिजसँग खेल्दैछ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।

    images

    वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।

    ५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो ।

    जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

    नेपाल टिम अन्तर्गत आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।


    तेस्रो आँखा