काठमाडौं ८ असार /
प्रतिनिधिसभा शुक्रबारको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूको प्रश्नको जवाफ दिँदैछन् ।
प्रश्नउत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रमअनुसार १७ समूहमा विभाजन गरेको बताए । प्रधानमन्त्रीसँग हरेक महिना प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम गत महिनाबाट सुरु भएको हो ।
आज संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि पनि छलफलको कार्यसूची छ । बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।
