• ट्रेण्डिङ्ग :
रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी 

रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी 


  • 2.4K
    SHARES
    • आषाढ ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रधानमन्त्रीको दाबी 

    काठमाडौं ८ असार /
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए ।

    images

    जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे । साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’


    तेस्रो आँखा