• ट्रेण्डिङ्ग :
उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन

उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन


  • 2.4K
    SHARES
    • आषाढ ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन

    काठमाडौँ, ८ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् । आफूमाथि कुटपिट गर्ने विद्यार्थी नेतामाथि चलाइएको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेपछि उनी त्यसको विरोधमा त्रिवि उपकुलपतीको कार्यालय अगाडि ५ दिनअघिदेखि अनशन बसेका थिए ।

    images

    मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी फेरि सर्वोच्च पुगेका थिए । सर्वोच्चले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेविरुद्ध परेको मुद्दा फिर्ता नलिन सरकारलाई आदेश दिएपछि उनले अनशन तोडेका हुने ।

    चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर उनको अनशन तोडाएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा उनै बराले उनलाई बचाएकी थिइन् ।


    तेस्रो आँखा