• ट्रेण्डिङ्ग :
आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


  • 2.7K
    SHARES
    • आषाढ ९, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौँ, ९ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दे छ ।  खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ ।

    images

    नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ । दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग हारेको अवस्थामा नेपालको सुपर सिक्स यात्रा निश्चित हुनेछ ।

    नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको  नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्यहोर्न पुगेको थियो । नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । 

    हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । यस अर्थ पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । 


    तेस्रो आँखा