• ट्रेण्डिङ्ग :
हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ : सन्तोष परियार

हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ : सन्तोष परियार


  • 2.9K
    SHARES
    • आषाढ १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ : सन्तोष परियार

    काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।  

    images

    आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले बजेट कर्मकाण्डी आएको बताए । उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । परियारले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए । उनले संसदमा पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताए ।  परियारले रास्वपा स्थायी सरकारको पक्षमा रहेको बताए ।  


    तेस्रो आँखा