• ट्रेण्डिङ्ग :
चोरेको खर्चले अष्ट्रेलिया जाने तयारीमा रहेका जोडी पक्राउ

चोरेको खर्चले अष्ट्रेलिया जाने तयारीमा रहेका जोडी पक्राउ


  • 4.4K
    SHARES
    • आषाढ १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    चोरेको खर्चले अष्ट्रेलिया जाने तयारीमा रहेका जोडी पक्राउ

    काठमाडौं १० असार /
    काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टमा बस्ने काठमाडौं १ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं १६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

    images

    जेठ २८ गते ललितपुरको मानभवनस्थित ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भएपछि उनीहरुको खोजि भएको थियो । अनुसन्धानका क्रममा उनीहरुले काठमाडौं र ललितिपुरका विभिन्न स्थानमा चोरी गरेको खुलेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहका अनुसार उनीहरू दुबै जना लिभिङ टुगेदर बस्ने र मिलेर चोरी गर्ने गरेको पाइएको छ ।

    दुवै जना चोरीमा संलग्न रहेको सीसीटीभी फुटेजबाट पनि पुष्टि भएको प्रहरीको दाबी छ। सुवोध यसअघि पनि चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको तथ्य फेला परेको छ । उनीहरूले चोरी गरेका सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको खुलेको छ । उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको र अन्य खर्च चलाउने गरेको बताएका छन् ।

    यस्तै उनीहरु अष्ट्रेलिया जाने तयारी गरिररहेको पनि खुलेको छ। त्यहाँ जान लाग्ने खर्च जुटाउनका लागि पनि आफूहरु चोरीमा लागेको प्रहरीलाई बयान दिएका छन्। प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।


    तेस्रो आँखा