तुलसीपुर ११ असार /
दाङमा मानव अधिकार उलङघनका घटनामा कमी आउन सकेको छैन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको भए पनि मावन अधिकार उलङघनको घटनामा भने कमी आउन नसकेको इन्सेक दाङले सार्वजनिक गरेको प्रतिवेदनल्े देखाएको छ । नेपाल मानव अधिकार वर्ष २०२४ का लागि अभिलेख गरिएका घटनाहरुको प्रकाशण पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै (इन्सेक) दाङका प्रतिनिधि जेएन सागरले ले सन २०२३ जनवरीदेखि जुन २४ सम्म जिल्लामा १५७ वटा मावन अधिकार उलङघनका घटना भएको जानकारी दिए ।
६ महिनाको अवधिमा यौनजन्य घटना पनि उलेख्य भएका छन् । प्रतिनिधि जेएनका अनुसार ६ महिनामा बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका ३९ घटनामा ४१ जना पीडित भएका छन् भने १ जनामा बलात्कार प्रयास भएको छ । उक्त घटनामा ४ वर्षदेखि १७ वर्षका बालिका बलात्कृत भएका छन भने ५७ वर्षीया जेष्ठ नागरिक पनि बलात्कारमा परेको सागरले बताए । त्यस्तै ६ महिनामा सबै भन्दा धेरै घरेलु हिंसा ६४ वटा घटना भएका छन् । जसमा १०४ महिला र ६० जना पुरुष पीडित भएका छन् । त्यस्तै कथित बोक्सी आरोप १ जना, हत्या ४ जना, हत्या प्रयास २, बन्द हड्ताल १२, अपहरण तथा शरिर बन्धक १, मानव बेचविखन तथा ओसार पसरा ४, दुव्र्यवहार ५, कुटपीटका ४ घटना भर्एका छन् । त्यस्तै बालविवाहाका ३, बहुविवाहाका ३, सार्वजनिक सम्पति तोडफोडका २ वटा घटना भएका छन् ।
यी सबै घटनाबाट १६६ महिला, ६० जना पुरुष र २५ जना बालिका पीडित भएका छन् भने १८६ पीडक रहेका छन् । मानव अधिकार उलङघन गर्नेमा सबै भन्दा धेरै गैरराज्य पक्षबाट १४७, राज्य पक्षबाट ५ र अज्ञात पक्षबाट ५ वटा उलङघन भएका छन् । रिर्पोटस क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै उच्चबार ईकाईका सदस्य श्रीराम चौधरीले इन्सेकले आत्महत्या दुरुतसाहान, वायिरवारिक विघटन, लागू औषधमा फसेर जेल सजाए भोग्दै गरेका र हनी ट्यापमा परेकाहरुको तथयाङक पनि समावेश गरिनु पर्ने बताए । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले अहिले पनि समाजमा मानव अधिकार विभिन्न घटनाहरु भई रहेकाले त्यसलाई सुधार गर्न सबै एक हुने पर्ने बताए । उनले हामीले बजनाएका नीति नियम लागू गर्नुका साथै सस्कार परिवर्तन गर्नु पर्ने बेला आएको बताए । साथै उनले मानव अधिकार उलङघन गर्नेलाई कुनै हालतमा छुटकारा दिन नहुने बताए ।
कार्यक्रममा कारागार कार्यालय तुलसीपुरका प्रमुख चिन्तामणी रेग्मीले चेतनाको कमीले हुने मावन अधिकार उलङ्कघन र त्यसले पाउनु पर्ने सजाएको बारेमा स्थाीय पाठ्यक्रममा समावेश गर्नु पर्ने आवश्यकता रहेको बताए । त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसी, नेपाली कांग्रेस तुलसीपुर नगर कमिटिका सचिव बिमल पौडेल, अधिकारकर्मी शुष्मा गिरीले राज्य तथा गैर राज्यले मानव अधिकारको कानून अक्षरशं पालना गर्नु पर्ने बताए । बनेका कानूनहरुको पालना नगर्दा यस्ता खालका घटनाहरुमा कमी आउन नसकेको बताए ।
