काठमाडौं, ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलले धनगढी विमानस्थलको स्तारोन्नतिमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको बताएका छन्। धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले केन्द्र सरकारले गर्न लागेको काममा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको बताएका हुन्।
मन्त्री आलेले उक्त विमानस्थललाई क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी गराउँदै भने, ‘यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको छु।’
मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइनेसमेत जानकारी दिएका छन्।
