• ट्रेण्डिङ्ग :
सन्दीपविरुद्ध उजुरी दिने किशोरीलाई १ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

सन्दीपविरुद्ध उजुरी दिने किशोरीलाई १ लाख क्षतिपूर्ति दिन अदालतको आदेश


  • 3.9K
    SHARES
    • आषाढ ११, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    सन्दीपविरुद्ध उजुरी दिने किशोरीलाई १ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

    काठमाडौँ, ११ असार । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा उजुरी दिने पीडित किशोरी (गौशला २६) लाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।

    images

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट किशोरीलाई राहत स्वरुप उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

    पीडित किशोरीले शारीरिक र मानसिक स्वास्थ्य उपचारका लागि ७० हजार रुपैयाँलगायत अन्य खर्च गरी २ लाख रुपैयाँभन्दा बढीको खर्च दाबी गर्द बील पेश गरेकी थिइन् । अदालतले भने उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

    यसअघि भने पीडितलाई क्षतिपूर्ण दिन अदालतले अस्वीकार गर्दै आएको थियो ।


    तेस्रो आँखा