• ट्रेण्डिङ्ग :
रोल्पामा गाई काटेको आरोपमा ३ जना पक्राउ 

रोल्पामा गाई काटेको आरोपमा ३ जना पक्राउ 


  • 3.3K
    SHARES
    • आषाढ १२, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    रोल्पामा गाई काटेको आरोपमा ३ जना पक्राउ 

    रोल्पा १२  असार /
    रोल्पा प्रहरीले रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ को भावाङमा गाई काटेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा माडी गाउँपालिका वडा नम्बर ५ मेलपोखरी निवासी २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर भनिने रहेका छन् । 

    नरेश विकको घरमा गाई काटेको र मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले गाईको टाउको र २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । गाई काटेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा