• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता


  • 3.1K
    SHARES
    • आषाढ १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

    काठमाडौँ, १३ असार । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।

    उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।

     


    तेस्रो आँखा