• ट्रेण्डिङ्ग :
बजेटबारे निर्णय लिन जसपा संसदीय दलको बैठक बस्दै

बजेटबारे निर्णय लिन जसपा संसदीय दलको बैठक बस्दै


  • 2.3K
    SHARES
    • आषाढ १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    बजेटबारे निर्णय लिन जसपा संसदीय दलको बैठक बस्दै

    काठमाण्डौं, १३ असार । बजेटबारे निर्णय लिन जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १२ बजे बस्ने तय भएको जसपाका सांसद राजकिशोर यादवले जानकारी दिए। जसपाले बजेटप्रति असन्तुष्टि पोख्दै आएको छ।

    images

    बजेट सच्याउन माग गरिरहेको उसले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग जवाफ पनि माग गरेको थियो। मंगलबार अर्थमन्त्री महतले जवाफ दिएका थिए।

    त्यसबाट सन्तुष्ट हुन नसकेको जसपाका सांसदहरूले बताए। आज प्रधानमन्त्री प्रचण्डले गुनासोको सम्बोधन गरे पक्षमा भोट हाल्न सहज हुने उनीहरूको भनाइ छ।

    यसैबीच बजेटप्रति असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीले पनि संसदीय दलको बैठक बोलाएको छ। बिहान साढे दस बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकले बजेटबारे निर्णय लिनेछ। कांग्रेस र माओवादी केन्द्रले भने बजेटका पक्षमा भोट हाल्न मंगलबार नै ह्विप लगाइसकेका छन्।

     

     बुधबार, असार १३, २०८० प्रकाशीत

    facebook sharing buttontwitter sharing buttonpinterest sharing button


    तेस्रो आँखा