• ट्रेण्डिङ्ग :
एसिसी यू-१६ इस्टर्न जोन कप : नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो

एसिसी यू-१६ इस्टर्न जोन कप : नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो


  • 3.7K
    SHARES
    • आषाढ १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    एसिसी यू-१६ इस्टर्न जोन कप : नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो

    काठमाडौं १३ असार /
    नेपालले मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डमाथि सानदार जित निकालेको छ । सम्पन्न खेलमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको हो ।

    images

    योसँगै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

    समूह ‘ए’मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ‘ए’को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । समूह ‘ए’बाट नेपाल र मलेसिया दुवै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।


    तेस्रो आँखा