• ट्रेण्डिङ्ग :
रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद

रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद


  • 5.9K
    SHARES
    • आषाढ १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.0K Views

    रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद

    काठमाडौं १४ असार /
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर सम्पर्क सांसद तोकिएको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा साझा गरिएको पोष्टमा भनिएको छ, ‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ ।

    images

    एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् । चरम बेथिति, भ्रष्टाचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ ।’

    कुन जिल्लाका लागि कुन सम्पर्क सांसद ?
    -रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता
    -डोलप्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
    -विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
    -श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
    -निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
    -मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
    -गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
    -सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
    -सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम ९पूर्व०, रुकुम ९पश्चिम०
    -डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
    -शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
    -हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
    -डा. स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
    -डा. चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
    -असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु
    -लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके
    -अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
    -शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की
    -बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
    -श्री विन्दबासिनी कांसकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

     


    तेस्रो आँखा