• ट्रेण्डिङ्ग :
कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादी निर्णय

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादी निर्णय


  • 2.7K
    SHARES
    • आषाढ १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादी निर्णय

    विराटनगर, १४ असार । कोशी प्रदेश माओवादी संसदीय दलको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ ।

    images

    कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । नेकपा एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै उनले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनको खेलले नागरिकमा निराशा उत्पन्न हुने बताएका छन् ।


    तेस्रो आँखा