• ट्रेण्डिङ्ग :
यौनजन्य गतिविधिको आरोपमा मन्दिरका मूल पुजारी निलम्बित

यौनजन्य गतिविधिको आरोपमा मन्दिरका मूल पुजारी निलम्बित


  • 6.3K
    SHARES
    • आषाढ १४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.7K Views

    यौनजन्य गतिविधिको आरोपमा मन्दिरका मूल पुजारी निलम्बित

    पाल्पा १४ असार /
    महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा अवस्थित मन्दिरका मूल पुजारी ७० वर्षीय जीतनाथ योगीले मन्दिरमा दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोपमा निलम्बनमा परेका हुन्।

    images

    पुजारी योगीले महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिको आकस्मिक बैठकले निलम्बन गरेको अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए । समितिका अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य दुर्व्यवहारबारे सत्यतथ्य छानबिन नहुँदासम्म मूल पुजारीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख गरेका छन् । मन्दिरमा दर्शन गर्न पुग्ने महिलालाई प्रसाद दिँदा संवेदनशील अंगमा हात पुर्‍याएर दुर्व्यवहार गरेको योगीमाथि आरोप छ।


    तेस्रो आँखा