दाङ १५ असार /
एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको हो । पहिले ब्याटिङ गरेको नेपालले जितका लागि मलेसियासामू १८४ रनको चुनौती दिएको थियो । लक्ष्य पछ्याएको मलेसिया ३३।५ ओभर खेलेर ९९ रन बनाउँदै अल आउट भयो ।
मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ ५२ बलमा २ चौकासहित १५ रन बनाए भने अन्यको प्रदर्शन राम्रो रहेन ।
नेपालका लागि स्पिनर अशोक धामीले ७ ओभरमा १४ रनको क्षतिमा ४ विकेट लिए । अभिषेक तिवारीले ४।५ ओभरमा २६ रनको क्षतिमा ३ विकेट लिए । सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन गुमाएर २ विकेट लिए । कृतिक कामतले एक विकेट लिए ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाउन सफल भए ।
