• ट्रेण्डिङ्ग :
कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत


  • 3.1K
    SHARES
    • आषाढ १५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

    दाङ १५ असार /
    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ ।

    images

    मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे ।

    ९३ सदस्यीय प्रदेशसमाबाट विश्वासको बहुमत पाउन ४७ मत पाउनु पर्ने थियो । तर, जसपा तटस्थ बसेको थियो भने केही दुई सांसद अनुपस्थित रहेका थिए । कार्कीको नेतृत्वमा २४ पुसमा सरकार गठन भएको थियो ।


    तेस्रो आँखा