• ट्रेण्डिङ्ग :
दाङमा दलित भनेर विभेद गरेको आरोपमा घरबेटी पक्राउ 

दाङमा दलित भनेर विभेद गरेको आरोपमा घरबेटी पक्राउ 


  • 4.6K
    SHARES
    • आषाढ १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    दाङमा दलित भनेर विभेद गरेको आरोपमा घरबेटी पक्राउ 

    दाङ, १६ असार । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    images

    पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका–१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ । परियारका अनुसार  दलित भएको थाहा पाएपछि शुक्रबार पोखरेलले कोठा छाड्न दबाबव दिएका हुन् ।

    भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । डीएसपी राजनकुमार गौतमका अनुसार पीडित पक्षको जाहेरी आएमा अनुसन्धान सुरु हुनेछ ।

    प्रेस सेन्टर नेपाल र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।


    तेस्रो आँखा