• ट्रेण्डिङ्ग :
राजनीति
जनमतमा सांसद फिर्ता बोलाउने निर्णय भएन कार्यान्वयन

जनमतमा सांसद फिर्ता बोलाउने निर्णय भएन कार्यान्वयन


  • 4.2K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    जनमतमा सांसद फिर्ता बोलाउने निर्णय भएन कार्यान्वयन

    जनमतका अध्यक्ष सिके राउतले सांसद, मन्त्री, जनप्रतिनिधि वा पार्टी पदाधिकारीलाई जुनसुकै बेला पदबाट फिर्ता बोलाउने सकिने ‘राइट टु कल’ नीति अन्तरर्गत त्यसरी फिर्ता बोलाएउने निर्णय गरेका थिए ।

    काठमाडौं, १७ असार । डा.सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले प्रतिनिधि सभाका दुई जना सांसदलाई फिर्ता बोलाएको निर्णय हालसम्म कार्यान्वयनमा ल्याएको छैन ।  जेठ १२ गते बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद मोरङकी सोनु मुर्मुर र सिरहाकी विनिता सिंहलाई सांसदबाट पदबाट हटाउने निर्णय गरेको थियो । तर, सांसदबाट फिर्ता बोलाउने निर्णय जनमतले एक महिनाभन्दा बढी समय हुँदा पनि कार्यान्वयनमा ल्याएको छैन । 

    images

    जनमतका अध्यक्ष सिके राउतले सांसद, मन्त्री, जनप्रतिनिधि वा पार्टी पदाधिकारीलाई जुनसुकै बेला पदबाट फिर्ता बोलाउने सकिने ‘राइट टु कल’ नीति अन्तरर्गत त्यसरी फिर्ता बोलाएउने निर्णय गरेका थिए । उनीहरुले पार्टीको नीति र निर्णय नमानी अनुशासन उल्लंघन गरेको आरोपमा फिर्ता बोलाइएको थियो । तर जनमत पार्टीका सांसद अनिता साहले प्रतिनिधि सभाबाट फिर्ता बोलाउने निर्णय नभइ अनुशासन उल्लंघनबारे छानविनका लागि पार्टीको अनुशासन समितिमा पठाएको दावी गरिन् । कारवाही गर्ने अधिकार अनुशासन समितिलाई मात्र छ, पार्टीले निर्णय गरेर सो समितिमा पठाएको छ । समितिले त्यस विषयमा अध्ययन गरिरहेको छ, उनले भनिन् । तर, जनमतका एक जना केन्द्रीय सदस्यका अनुसार कारवाही गर्ने कि नगर्ने अधिकार पार्टी अध्यक्ष सिके राउतलाई दिइएको छ । उनले तत्काल कारवाही नगरी एक पटकलाई दुवै जनालाई सुध्रिने मौका दिएको बताए । मुर्मुर दलित कलस्टरबाट सांसद बनेकी थिइन् भने सिंह जनजाति कोटाबाट सांसद बनेकी थिइन् । केन्द्रीय समितिको बैठकपछि सिके राउतले सार्वजनिक गरेको निर्णयमा यो कारवाहीको विषय उल्लेख थिएन ।

    संगठन संचालनमा आइपरेका विभिन्न समस्याहरूमा छलफल गर्दै अनुशासन कडाइका साथ पालन गराउने निर्णयमा भनिएको थियो । पदमा भए जिम्मेवारी बहन गर्नुपर्ने अन्यथा पद छोड्नु पर्ने र जनप्रतिनिधिहरूलाई कडाईका साथ पार्टी र जनताप्रति उत्तरदायी बनाउने जनमतले जनाएको छ ।

    पार्टीको निर्देशन पटक–पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति लिएको निर्णयमा उल्लेख छ । जनअपेक्षा ठूलो भएको हुँदा पार्टीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू सो अनुरूप काम गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै राउतले पार्टीप्रति जिम्मेवार नबन्ने पदाधिकारी र जनप्रतिनिधिमाथि चेतावनी पनि दिएका थिए । जनमत पार्टी अर्को निर्वाचनको लक्ष्य लिएर संगठन सुदृढिकरणमा लाग्ने अगाडिको योजना तथा कार्यक्रम रहेको उनको भनाइ छ । 


    तेस्रो आँखा