सुर्खेत, १७ असार । आज कर्णाली प्रदेशसभा बैठक बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो । यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेको थिएन ।
बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी छ । संसद्मा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस सहमति हुन भने सकेको छैन ।
