• ट्रेण्डिङ्ग :
सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव


  • 3.8K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

    १७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

    images

    आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । नेताहरुका अनुसार भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो ।

    ‘प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो । अध्यक्ष राउतले आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

    प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।


    तेस्रो आँखा