• ट्रेण्डिङ्ग :
दाङमा दलित भन्दै कोठा भाडामा बस्दै आएकालाई निकाल्ने घरबेटी पक्राउ

दाङमा दलित भन्दै कोठा भाडामा बस्दै आएकालाई निकाल्ने घरबेटी पक्राउ


  • 4.0K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    दाङमा दलित भन्दै कोठा भाडामा बस्दै आएकालाई निकाल्ने घरबेटी पक्राउ

    घोराही १७ असार /
    दाङ प्रहरीले दलित भन्दै कोठा भाडामा बस्दै आएका  घरबाट निकाल्ने घरबेटीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. – १७ निवासी ताराप्रसाद पोखरेल रहेका छन् । घरबेटी पोख्रेललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन कुमार गौतमले जानकारी दिए । 

    images

    पोखरेलले आफ्नो घरमा कोठा भाडा लिएर बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिक – ७ पुल्तोलाका महेन्द्र बिक र हुम्लाको अदानचुली गाउँपालिका – ३ का अंगराज नेपालीलाई डेराबाट निकालेको भनि प्रहरीमा उजुरी परेपछि पोख्रेललाई नियन्त्रणमा लिएको डिएसपी गौतमले बताए । पोखरेललाई पक्राउ गरी जातीय छुवाछुत अन्तर्गत मुद्दा दर्ता गरिएको गौतमले बताए । 


    तेस्रो आँखा