• ट्रेण्डिङ्ग :
जिम्बाव्वेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट

जिम्बाव्वेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट


  • 3.0K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    जिम्बाव्वेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट

    काठमाडौं, १७ असार । जिम्बाव्वेलाई ९ विकेटले हराउँदै श्रीलंका विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अपराजित रहेको श्रीलंकाले सुपर सिक्समा घरेलु टिम जिम्बाव्वेलाई हराएउँदै एक खेल अघि नै विश्वकपमा छनोट भएको हो ।  विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने छ ।

    images

    बुलवायोमा घरेलु टोलीले दिएको १६६ रनको सामान्य लक्ष्य श्रीलंकाले ३४ औं ‌ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

    श्रीलंकाका लागि पथुम निसन्काले नट आउट १०१ रन बनाए । कुशल मेन्डिस २५ रनमा नट आउट रहे भने दिमुथ करुणारत्ने ३० रनमा आउट भए ।

    यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोलीले ३२.२ ओभरमा सबै १० विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि सेन विलियम्सले ५६ रन बनाए ।

    हारपछि पनि जिम्बाव्वेको विश्वकपमा छनोट हुने संभावना बलियो छ । तर उसले त्यसका लागि सोमबार हुने खेलमा स्कटल्याण्डलाई हराउनु पर्ने छ ।


    तेस्रो आँखा