• ट्रेण्डिङ्ग :
मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित

मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित


  • 3.2K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित

    काठमाडौं, १७ असार । स्थानीय सरकार र सर्वसाधारणबाटै चर्को विरोध भएपछि नेपाल क्रिकेट संघ क्यानले मूलपानी क्रिकेट रंगशालाको नाम परिवर्तन गर्ने निर्णय स्थगित गरेको छ । १५ असारमा बसेको क्यान बोर्ड (कार्यसमिति) बैठकले मूलपानी (माथिल्लो) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गरी संघका संस्थापक जयकुमार नाथ शाह स्मृति अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गर्ने निर्णय गरेको थियो ।

    images

    क्यानको यो निर्णयप्रति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीसँगै स्थानीयबासिन्दाले चर्को विरोध जनाएका थिए । उनीहरु आफूहरुको पहिचान बनेको क्रिकेट रंगशालाको नाम फेर्नेबेला समन्वय नगरिएको भन्दै असन्तुष्ट थिए । आइतबार दिउँसो पनि स्थानीयबासिन्दाले रंगशालाको नाम परिवर्तनको निर्णयविरुद्ध मूलपानीमै रहेको क्यान केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

    ‘हामीसँग समन्वय नगरी हाम्रो अस्तित्वमै प्रश्न उठ्ने गरी निर्णय भयो,’ कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीले भने, ‘यो मैदानको नाम मूलपानी नामाकरण हुने शर्तमा जग्गा उपलब्ध गराइएको हो ।’

    आइतबारै क्यान अध्यक्ष चतुरबहादुर चन्दले कागेश्वरी मनोहरा नगर प्रमुखलाई सम्बोधन गरी स्थानीयको आत्मसम्मान बुझेर नगर प्रमुख, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका नेतालगायत सबै सरोकारवालासँग छलफल गरी सहमतीमै नामाकरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 


    जयकुमार नाथ शाह नेपाल क्रिकेट संघमा सबैभन्दा लामो समयसम्म नेतृत्वमा रहेका व्यक्ति हुन् । क्यान नेपालकै सबैभन्दा पुरानो खेल संघ (स्थापना २००४) क्यानमा शाहले २०२० देखि २०६२ सालसम्म अध्यक्षको भूमिका निर्वाह गरेका थिए । शाहकै कार्यकालमा आधुनिक नेपाली क्रिकेटको सुरुवात भएको थियो । उनले घरेलु क्रिकेट प्रतियोगिता आफ्नै नामबाटसमेत सञ्चालन गरेका थिए ।


    तेस्रो आँखा