• ट्रेण्डिङ्ग :
मिलन पाण्डे नेतृत्वको ‘विवेकशील साझा पार्टी सुदृढीकरण’ समिति घोषणा (विज्ञप्तिसहित)

मिलन पाण्डे नेतृत्वको ‘विवेकशील साझा पार्टी सुदृढीकरण’ समिति घोषणा (विज्ञप्तिसहित)


  • 6.6K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    मिलन पाण्डे नेतृत्वको ‘विवेकशील साझा पार्टी सुदृढीकरण’ समिति घोषणा (विज्ञप्तिसहित)

    काठमाडौं, ६ पुस। मिलन पाण्डेले नेतृत्व गरेको विवेकशील साझा पार्टीले सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरेको छ। प्रवक्ता हरिप्रसादस भट्टले आज विज्ञप्ति जारी गर्दै विगतका गल्तिहरुका लागि क्षमा मागेको भन्दै नयाँ तरिकाले अघि बढ्ने बताएका छन्। 

    images

    ‘२०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच ऐतिहासिक एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई ‘वेकशील साझा पार्टी’ गठन भएको सर्वविदितै छ।’ विज्ञप्तिमा भनिएको छ, ‘विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा अग्रगामी, गतिशील, मध्य वामपन्थी पार्टीको रूपमा यस पार्टीलाई अगाडी बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेपछि पार्टीमा अन्यौलता सिर्जना भएकोमा हामी दुःखी छौँ।’

    विज्ञप्तिमा नयाँ सुदृढीकरण अभियान घोषणा भएको दिनले ९० दिनभित्र राष्ट्रिय सम्मेलन गरिने उल्लेख गरिएको छ। विधान च्यातेर अगाडी बढ्ने, पार्टीमा विधान मानौँ भन्ने र संविधानविरुद्ध नलागौँ भन्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने र पार्टीमा व्यवस्था विरोधी, धर्मको नाममा द्वन्द्व फैलाउने नीति लाद्ने प्रयास भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    ‘पार्टीलाई सुदृढ बनाउनुपर्ने दायित्व स्मरण गर्दै पार्टीको हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यावत राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को  केन्द्रीय समिति घोषणा गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ। 

    अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसिलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा साङ्गठनिक रूपमा थप सशक्त बनाउने हुने विज्ञप्तिमा उल्लेख छ।
    सुदृढीकरणका लागि थप भएका केन्द्रीय सदस्यहरुमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामांग, महेन्द्र आचार्य, कल्याण अधिकारि, बिमला रोक्का, डा। बोध राज पराजुली, सुबास भारती, ई. प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, डा. फडिन्द्र शाह रहेका छन्। 

    यस्तै, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा, नवराज कार्की, सुबास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेश कुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने (चाउ), भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी (नाथन), भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु के।सी, निर्मल फुयाल, सम्झना उप्रेती, डा. गोविन्द आचार्य, राम बाबु यादव, उत्तम खनाल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    बाँकी १७ जना दोस्रो चरणमा घोषणा गरिने बताइएको छ। 

     

  • सम्बन्धित विषय:

  • # bibekseelsajha
  • # milan pandya

  • तेस्रो आँखा