• ट्रेण्डिङ्ग :
अन्तरजातीय विवाहपछि दलित केटाको घरमा आगो लगाइयो

अन्तरजातीय विवाहपछि दलित केटाको घरमा आगो लगाइयो


  • 3.8K
    SHARES
    • आषाढ १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    अन्तरजातीय विवाहपछि दलित केटाको घरमा आगो लगाइयो

    जुम्ला १८ असार/
    जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै दलित युवाको घरमा आगो लगाई दिएका छन् । अन्तरजातीय विवाह गरेको भन्दै तातोपानी गाउँपालिका वडा नं।४ गिडिखोला निवासी मुकुन्द नेपालीको घरमा केटी पक्षले आगो लगाई दिएका हुन् ।

    images

    मुकुन्द नेपालीले सोही गाउँकी बसन्ती गिरिसँग प्रेम गरेर एक साताअघि भगाएका थिए । मुकुन्द नेपालीले युवती बसन्ती गिरीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षले मुकुन्द नेपालीको घरमा आगो लगाएको मुकुन्दका दाइ भरत नेपालीले बताए ।

    उनले भने,“अन्तरजातीय विवाह गरेको भन्दै घरनै खरानी बनाई दिएका छन् । यो कुनै संयोग नभई योजनाबद्ध घटना हो । घटनामा संलग्नहरूको नाममा किटानी जाहेरी समेत दिएको छ । सोमबार जाहेरी दर्ता हुने छ । आगजनीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ” आगलागीले १२ कोठा भएको जस्तावाला घर जलेर खरानी भइसकेको छ । भने घरभित्रको लत्ता कपडा,भाडावर्तन,अन्न सबै पूर्ण रुपमा नष्ट भइसकेको छ । क्षतिको एकिन विवरण आउन बाँकी छ ।

    कानुनले जातीय विभेद एक अपराध हो,भनिरहँदा,समाजमा जातीय विभेदले अझै जरा गाडेको छ । जातीय विभेदका रुपमा अन्तरजातीय विवाह मुख्य समस्याका रुपमा रहँदै आएको छ । उपल्लो जातकी किशोरीसँग प्रेम गरेकै कारण जाजरकोटका नवराज विक सहितको ६ जनालाई भेरीनदीमा हत्या गरिएको थियो ।

    हाल मुकुन्द नेपाली र बसन्ती गिरी नेपालगन्जमा रहेको बुझिएको छ । आज जाहेरी दर्तापछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउने भएको छ । यस घटनालाई पेचिलो बनाउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीहरू एकजुट भएका छन् ।


    तेस्रो आँखा