• ट्रेण्डिङ्ग :
एसिसी इस्ट जोन कप : नेपालले सिंगापुरलाई दियो १८५ रनको बलियो लक्ष्य

एसिसी इस्ट जोन कप : नेपालले सिंगापुरलाई दियो १८५ रनको बलियो लक्ष्य


  • 2.6K
    SHARES
    • आषाढ १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    एसिसी इस्ट जोन कप : नेपालले सिंगापुरलाई दियो १८५ रनको बलियो लक्ष्य

    काठमाडौं १८ असार /
    एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको हो ।

    images

    नेपालका लागि सूर्याशु कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादवले ४२ रन बनाए । त्यसतै कप्तान अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाएका छन् । सिंगापुरका लागि हरिहरणले ३ विकेट लिएँदा कविबर बेलिया र हर्ष भेन्कटरामले २ विकेट लिए भने प्रनव धानुकाले १ विकेट हात पारे ।

    नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका हुन् । यो खेलको विजेत फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।


    तेस्रो आँखा