• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्नुहुने

परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्नुहुने


  • 1.8K
    SHARES
    • आषाढ १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 2.8K Views

    परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्नुहुने

    काठमाडौं, असार १८ गते । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ ।  अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उहाँले असार २० गते सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँ असार २३ गते स्वदेश फर्कनुहुनेछ । 

    images


    तेस्रो आँखा