• ट्रेण्डिङ्ग :
बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय


  • 2.4K
    SHARES
    • आषाढ १९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय

    काठमाडौं, १९ असार । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ ।

    images

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

    'बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भयो,' शर्माले भनिन् ।

    यस्तै, बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।


    तेस्रो आँखा