• ट्रेण्डिङ्ग :
शरद गौचनको हत्यामा समीरमानसिंह बस्नेतलाई जन्म कैदको फैसला

शरद गौचनको हत्यामा समीरमानसिंह बस्नेतलाई जन्म कैदको फैसला


  • 4.2K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    शरद गौचनको हत्यामा समीरमानसिंह बस्नेतलाई जन्म कैदको फैसला

    काठमाडौं, २० असार । गुजिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषि रहेको ठहर गरेको थियो। सजाय निर्धारण बुधबार भएको हो।

    images

    अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ। हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ। हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ।

    समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। जिल्ला अदालतले १८ जनालाई दोषी ठहर र ६ जनालाई सफाइ दिएको छ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो।

    हत्या अभियोगमा २४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो। हत्याका मुख्य आरोपित बस्नेत २०७४ मंसिरमा पक्राउ परेका थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो। उनलाई अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखेको छ।


    तेस्रो आँखा